हेटौंडा । सहकर्मी कुटिएपछि हेटौंडाका सरकारी तथा निजी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । प्रहरी, प्रशासनलगायत सरोकारवालासँगको छलफलमा सुरक्षा माग गर्दै उनीहरूले आन्दोलन गर्ने बताएका छन् ।
गत श्रावण २५ गते हेटौंडा उपमहानगरपालिका- १२ निवासी ४१ वर्षका राजेश प्रधानको डेंगुको कारण चितवनको नयाँ मेडिकल कलेजमा मृत्युको घटनालाई लिएर उनका आफन्तसहित केही युवाले सञ्चो अस्पतालको लापरबाही भन्दै बुधबार डा. प्रशान्त विडारी र विकास थापामाथि ड्युटी गरिरहेको समयमा आक्रमण गरेका थिए । उनीहरूको आँखा र अनुहारमा चोट लागेको छ ।
सीसीटीभी फुटेजको आधारमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जसमा मृतककी श्रीमती रमा, छोरी रमिता, छोरा रोहित र भतिज अनुप प्रधानलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता एवं डीएसपी लक्ष्मी भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ भदौ २०८०, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको तार तान्ने काम धमाधम
हेटौँडामा आज प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने
थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन
६ वर्षदेखिको हेटौंडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइनको अवरोध हटाउने प्रयास