प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानी समकक्षीलाई बधाई

शनिबार, ०२ भदौ २०७५, १६ : १७
प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानी समकक्षीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इमरान अहमद खान नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको उच्चपदमा नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्ना पाकिस्तानी समकक्षी खानलाई आज पठाउनु भएको बधाई सन्देशमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै नवनिर्वाचित प्रधानमन्त्रीको सफल कार्यकालका निम्ति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । पाकिस्तानका प्रधानमन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।  (रासस)

प्रतिक्रिया दिनुहोस