स्वर्गीय सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि (फोटो फिचर)

सफल खबर संवाददाता

विहीबार, २८ भदौ २०८०, १२ : १२
स्वर्गीय सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि (फोटो फिचर)

ठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरुले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।

त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।