सुवास नेम्वाङका कान्छा छोरा सुहाङ काठमाडौं आईपुगे

सफल खबर संवाददाता

बुधबार, २७ भदौ २०८०, १२ : ००
सुवास नेम्वाङका कान्छा छोरा सुहाङ काठमाडौं आईपुगे

काठमाडौं। सुवास नेम्वाङका कान्छा छोरा सुहाङ काठमाडौं आइपु्गेका छन् । उनी बाबुको निधनको खबरसँगै आज अष्ट्रेलियाबाट काठमाडौं आईपुगेका हुन् ।

नेम्वाङका जेठा छोरा मिङ्सो पनि बेलायतबाट फर्किरहेको बताइएको छ । मिङ्सो पनि आइपुगेपछि सुवास नेम्वाङको अन्तिम दाहासंस्कार भोलि पशुपतिमा गरिने भएको छ ।

उनको हृदयघातका कारण हिजो निधन भएको थियो । नेम्वाङ संविधान सभा सदस्य एवं पूर्व सभामुख हुन् । उनको अन्तिम संस्कारमा राजकीय सम्मान दिने सरकारले निर्णय गरेको छ । उनको अन्तिम संस्कारको दिन भोलि सरकारले देशैभर सार्वजनिक विदासमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस