नेम्वाङको अन्त्येष्टिका लागि कान्छा छोरा आइपुगे, जेठो आज आइपुग्दै

सफल खबर संवाददाता

बुधबार, २७ भदौ २०८०, ०८ : ५७
नेम्वाङको अन्त्येष्टिका लागि कान्छा छोरा आइपुगे, जेठो आज आइपुग्दै

काठमाडौ । दिवंगत एमाले उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा नेपाल आइपुगेका छन्। 

सोमबार राति बुवाको निधन भएपछि सुहाङ नेम्वाङ अस्ट्रेलियाबाट स्वदेश फर्किएका हुन्। केही दिनअघि मात्र उनी भ्रमणका लागि अस्ट्रेलिया गएका थिए। 

सुवासका कान्छा छोरा सुहाङ हिजै राति साढे १० बजे काठमाडौं आइपुगेको नेम्वाङका स्वकीय कृष्ण काफ्लेले जानकारी दिए। 

दुवै छोरा विदेशमा रहेकै कारण नेम्वाङको पार्थिव शरीरको अझै दाहसंस्कार गरिएको छैन। अहिले उनको पार्थिव शरीर एमाले केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ भने दिउँसो निवासमा लगिने एमालेले जनाएको छ।  

अब बेलायतमा रहेका जेठो छोरा मिङ्सो पनि नेपाल आइपुगेपछि नेम्वाङको अन्त्येष्टिको निर्णय हुने जानकारी काफ्लले दिए। ‘जेठो छोरा आज आइपुग्नुहुन्छ’, उनले भने। 

 

प्रतिक्रिया दिनुहोस