एसिया कप क्रिकेट: पहिलो खेल हारेको बंगलादेश श्रीलंकाविरुद्ध फिल्डिङ गर्दै

सफल खबर संवाददाता

शनिबार, २३ भदौ २०८०, १५ : ०१
एसिया कप क्रिकेट: पहिलो खेल हारेको बंगलादेश श्रीलंकाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत बंगलादेशले टस जितेर श्रीलंकाविरुद्ध पहिले फिल्डिङ रोजेको छ ।बंगलादेशले टस जितेपछि श्रीलंकाले कोलम्बोस्थित प्रेमदासा रंगशालामा पहिले ब्याटिङ गर्दैछ ।

 

प्रतियोगिताको सुपर फोरमा पाकिस्तानसँग पहिलो खेल हारेको बंगलादेश आज यो खेल जित्नैपर्ने दबाबमा छ ।श्रीलंकाविरुद्ध पराजित भए बंगलादेशको फाइनल यात्रा सकिनेछ ।यता श्रीलंका पनि पहिलो खेलमा जित निकालेर भारत र पाकिस्तानसँग खेल्नु अघि बलियो मानसिकता बनाउने मुडमा छ ।