भरतपुर । दुई ट्रक एक आपसमा ठोक्किँदा एक ट्रक चालकको मृत्यु भएको छ ।सो दुर्घटनामा परेर ना ३ ख ५४८८ नम्बरको ट्रक चालक नवलपरासी जिल्ला गैंडाकोट–१ का ४३ वर्षीय प्रकाश कुँवर मृत्यु हो ।
महेन्द्र राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–३ झुरझुरे बासुकी पेट्रोल पम्प नजिकै दुइ ट्रक एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयलेन जनाएकाे छ । चितवन प्रहरी कार्यालयका अनुसार पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ५४८८ नम्बरको ट्रक र पूर्वतर्फ जाँदै गरेको प्र २–३–००२ ख ५६०९ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन ।
अर्को ट्रकका सहचालक रौतहटका रविनकुमार यादव (१८ वर्ष) भने सख्त घाइते भएका छन अर्का चालक बारा निजगढका निकेश राउत कुर्मी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर सख्त घाइते भएका चालक कुँवरको उपचारका क्रममा पुरानो मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको चितवन प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ भदौ २०८०, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु