रुकुम पश्चिममा कामदार बोकेको ट्याक्टर दुर्घटना, छ जना घाइते

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०८०, १२ : १९
रुकुम पश्चिममा कामदार बोकेको ट्याक्टर दुर्घटना, छ जना घाइते

सुर्खेत । कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा ६ जना घाइते भएका छन् ।घाइते हुनेमा ट्याक्टर चालक चौरजहारी नगरपालिका–१ का वर्ष २४ का निर्मल थापा, सोही ठाउँका वर्ष २२ का पारस विष्ट, उदयपुरको उदयपुर गढी नगरपालिका ५ का वर्ष २१ का कृष्ण मगर, सोही ठाउँकै वर्ष २१ पेशल मगर, वर्ष २३ का सुशील राई र वर्ष २१ का सागर राई रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ । 

 

मुसिकोट खलङ्गाबाट चौरजहारीतर्फ जाँदै गरेको भे २ त १४६१ नम्बरको उक्त ट्याक्टर दुर्घटना हुनुको कारण भने खुलेको छै ।घाइते सबैको अवस्था सामान्य रहेको उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्का जानकारी दिए । 

घाइतेहरू चौरजहारी नगरपालिका १ मा रहेको सिटिईभिटीको भवन निर्माणमा काम गर्ने कामदारहरू हुन् ।

प्रतिक्रिया दिनुहोस