काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई ४ असोजमा सम्बोधन गर्ने भएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ३० भदौमा अमेरिका जाने तय भएको छ ।
भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरले लगायत छन् । प्रधानमन्त्री प्रचण्डले ४असोजमा राष्ट्रसंघीय महासभालाए सम्बोधन गर्नेछन् । उनले अरु कार्यक्रममा पनि सहभागी हुनसका साथै विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुसँग भेटवार्ता गर्नेछन् ।
अमेरिकी राष्ट्रपति जो बोइडेनले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम पनि तय भएको छ । प्रधानमन्त्री प्रचण्ड ५ असोजमा न्यूयोर्कबाट चीन जाने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ भदौ २०८०, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता