सिटिनेट नेपाल राष्ट्रिय अध्यायमा नयाँ कार्यसमिति चयन

सफल खबर संवाददाता

विहीबार, २१ भदौ २०८०, १६ : ०७
सिटिनेट नेपाल राष्ट्रिय अध्यायमा नयाँ कार्यसमिति चयन

विराटनगर। सिटिनेट नेपाल राष्ट्रिय अध्यायको वार्षिक साधारणसभा एवं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । साथै सिटिनेटले सदस्य पालिकाको सहकार्यबाटै दिगो विकासका लक्ष्य पूरा हुने विश्वास लिएको छ । 

 

विराटनगरमा आज सम्पन्न अधिवेशनले पालिकाको प्रविधियुक्त, सुरक्षित तथा प्रभावकारी सहरी विकास प्रणालीको प्रवर्द्धन, फोहरमैला व्यवस्थापन र गुणस्तरीय विकास व्यवस्थापन तथा कार्यान्वयनमा पनि सहकार्य उपलब्धि मूलक रहने प्रतिबद्धता लिएको छ ।

सिटिनेटको दशौं अधिवेशन पोखरा महानगरपालिकामा आयोजना गर्न समिति बनाएर काम अगाडि बढाउने निर्णय भएको छ ।कार्यसमितिको अध्यक्षमा विराटनगर महानगरपालिका अध्यक्ष, उपाध्यक्षमा बुटवल उपमहानगरपालिका उपाध्यक्ष, महासचिवमा तानसेन नगरपालिका, कोषाध्यक्षमा भीमदत्त नगरपालिका छन् । 

 

साथै सदस्यमा पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका जीतपुरसिमरा र हेटौँडा उपमहानगरपालिका, वीरेन्द्रनगर महानगरपालिका, इन्सेक नेपाल, भूकम्प प्रविधि समाज नेपाल र उपमहानगरपालिका सदस्य छन् ।

विश्वमा बढ्दो शहरीकरण एवं जनसङ्ख्या वृद्धिको नकारात्मक असरलाई मध्यनजर गरी एसिया तथा प्रशान्त क्षेत्रका शहरी विकाससम्बन्धी संस्थाको सञ्जालको नेतृत्व गर्न सन् १९८७ मा सिटिनेट नामक अन्तर्राष्ट्रिय संस्थाको स्थापना थियो ।

हालसम्म यो सञ्जालले एक सय ३५ भन्दा बढी नगरपालिका, गैरसरकारी संस्था, निजी कम्पनी र अनुसन्धान केन्द्र छन् । 

प्रतिक्रिया दिनुहोस