बुटवल। लुम्बिनी प्रदेश प्रतिपक्षी दलका सांसदहरूले सरकार उदासीन बनेको आरोप लगाएका छन् ।बिहीवारको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न महत्वका विषय उठान गर्दै समाधानमा सरकारले प्राथमिकता नदिएको बताएका हुन् ।
प्रतिपक्षी दलका सांसदहरूले जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई प्रदेश सरकारले प्राथमिकता नदिएको आरोप लगाए ।महँगी, कालोबजारी, अभाव, आर्थिक मन्दी, व्यवसायीमा बढिरहेको निराशा र वितृष्णालगायत प्रदेशमा रहेको गौरवका विभिन्न आयोजनाहरूको प्रभावकारी कार्यान्वयनमा सरकारले उदासीनता देखाएको उनीहरुको गुनासो थियो ।
शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दलका तर्फबाट प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले प्रदेशको दीर्घकालीन विकासका लागि अघिल्लो सरकारले अगाडि बढाएका विकास निर्माणका महत्वपूर्ण काममा अहिलेको सरकारले चासो नदिएको गुनासो गरे ।
सदनको शून्य समयमा भूवनेश्वरप्रसाद चौधरी, एमालेका चिन्तामणि पाण्डे, कांग्रेसका विष्णुप्रेम पाठक, एमालेका रामजी घिमिरे, लोसपाका कन्हैया बानियाँ, नेकपा एसकी भगवती अधिकारी, बाचा कुर्मी, एमालेका गिरीधारीलाल न्यौपाने, धनुलक्ष्मी श्रेष्ठलगायतका सांसदहरूले विभिन्न महत्वपूर्ण विषयमा बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ भदौ २०८०, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने
लुम्बिनीको वन मन्त्रालयका अधिकृतद्वारा मापसे गरेर चालकमाथि हातपात
प्रधानमन्त्री ओली सहभागी कार्यक्रम लुम्बिनीका मन्त्री र सांसदले गरे बहिष्कार
प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य
पीएम कपको उपाधिका लागि आर्मी र पुलिस भिड्ने
भ्रष्टाचार अन्त्यका लागि सरकारले शून्य सहनशीलताको नीति लिएको छः मुख्यमन्त्री आचार्य