काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको एजेण्डा र प्राथमिकताहरुबारे सदनलाई जानकारी गराउन र छलफल चलाउन माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले प्रधानमन्त्री प्रचण्ड चीन जानुअघि संसदमा आफ्नो भ्रमणको प्राथमिकताबारे जानकारी गराउन र आवश्यक सुझाव लिन आग्रह गरेका हुन् ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन भ्रमणमा जाँदैछन् । तर, अमेरिकाकबाट चीन भ्रमणमा जाने कार्यक्रमबारे पनि पुनर्विचार गर्न सांसद पन्तको सुझाव छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ भदौ २०८०, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी