कान्ति बाल अस्पतालका निर्देशकमाथि छानबिन गर्न सांसदको माग

सफल खबर संवाददाता

विहीबार, २१ भदौ २०८०, १४ : ०७
कान्ति बाल अस्पतालका निर्देशकमाथि छानबिन गर्न सांसदको माग

काठमाडौँ । एमाले सांसद महेश बर्तौलाले कान्ति बाल अस्पतालको लापरबाहीका कारण ५ बर्षीया बालिकाको निधन भएको भन्दै त्यसको जिम्मेवारी अस्पतालका निर्देशकले लिनुपर्ने बताएका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै बर्तौलाले रेजिशा गोपालीको चरम लापरबाहीका कारण मृत्यु भएको भन्दै यो घटनाको जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्ने बताए । 

 

‘यो घटनाको जिम्मेवारी अस्पतालका निर्देशकले लिनुपर्छ कि पर्दैन ?’, प्रश्न गर्दै उनले भने, ‘त्यतिमात्रै होइन स्वास्थ्यमन्त्रीले यो संसदमा आएर यो बताउनुपर्थ्यो । देशभरका अस्पतालमा यस्ता बेथिति भइरहेको आइरहेको छ ।’

 

उनले सांसदमार्फत सरकारलाई कान्ति बाल अस्पतालका निर्देशक र अस्पताल व्यवस्थापन समितिमाथि अनुसन्धान गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् । साथै उनले पीडितलाई न्याय दिन र यस्ता घटना दोहोरिन नदिनतर्फ सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै डा.चन्दा कार्कीले पनि सरकारको गैर जिम्मेवारी व्यवहारका कारण रेजिशाको मृत्यु भएको भन्दै निकम्मा सरकारले रेशिजाजस्ता धेरै बिरामीको मृत्यु भइरहेको बताइन्। उनले पनि रेजिशा मृत्यु प्रकरणबारे निष्पक्ष छानबिन माग गरिन् ।

प्रतिक्रिया दिनुहोस