डेंगु संक्रमितको संख्या २४ हजार नाघ्यो, कुन प्रदेशमा कति संक्रमित  ?

सफल खबर संवाददाता

विहीबार, २१ भदौ २०८०, १२ : ५९
डेंगु संक्रमितको संख्या २४ हजार नाघ्यो, कुन प्रदेशमा कति संक्रमित  ?

काठमाडौँ । नेपालमा डेंगी संक्रमितको सङ्ख्या साढे २४ हजार बढी नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार २४ हजार १२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो 

साढे सात महिनाको अवधिमा  संक्रमितमध्ये १४ जनाको मृत्यु भएको छ भने डेंगु संक्रमण ७५ जिल्लामा देखिएको  महाशाखाले जनाएको छ ।  संक्रमण देखिएका जिल्लाहरूमध्ये सबैभन्दा धेरै संक्रमित सुनसरी जिल्लामा पुष्टि भएको छ ।

सुनसरीमा १३ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।  दोस्रो मोरङ जिल्लामा बढी संक्रमित देखिएका छन् । मोरङमा २ दुई हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै धादिङमा २ हजार १९७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, क्रमशः १ हजार ३६२ झापा, ४५२ काठमाडौं, ३७३ धनकुटा, ३३४ सङ्खुवासभा, ३३१ धनुसा, २७० कास्की र २४२ जना कैलालीमा संक्रमित रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ । 

कुन प्रदेशमा कति संक्रमित  ?                 

सात प्रदेशमध्ये सबैभन्दा धेरै संक्रमित कोशी प्रदेशमा देखिएका छन् । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै १८ हजार ३१९ जना डेंगु संक्रमण पुष्टि भएको छ । त्यसपछि बाग्मती प्रदेशमा ३ हजार ३१६ जना संक्रमित छन् भने गण्डकी प्रदेशमा ७०६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सुदूरपञ्चिम प्रदेशमा ६९२, मधेश प्रदेशमा ५२१, लुम्बिनी प्रदेशमा ४०९ र कर्णाली प्रदेशमा ४९ जनामा संक्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस