शिव परियारको नयाँ गीत ‘तिमी र म’ सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, २१ भदौ २०८०, ११ : ५६
शिव परियारको नयाँ गीत ‘तिमी र म’ सार्वजनिक

काठमाडौँ । गायक शिव परियारको स्वर रहेको गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । सागर फुयाँलको शब्द, गायक शिवकै सङ्गीत रहेको गीतमा एरेन्ज शशाङ्क सापकोटाको रहेको छ ।

रोमानि्टक शैलीमा तयार गीतमा रेखा लिम्बु, कुनसाङ बम्जन अभिनय छ । भिडियोमा गायक परियार समेत देखिएका छन् ।हरि हुमागाईको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस