काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दै छ।
दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुनेछ।
संसद् सचिवालयका अनुसार आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची छ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ भदौ २०८०, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, नीति, कार्यक्रममाथि छलफल जारी
प्रतिनिधिसभामा आजबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
भ्रष्टाचार काण्ड लुकाउन राजावादीले आतङ्क मच्चाए भनिँदैछ : सांसद सिंह
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?