एजेन्सी । पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ।
एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।
पाकिस्तानको लाहोरमा बुधबार रातीसम्म भएको खेलमा घरेलु टोलीले छिमेकी बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो।
बंगलादेशले दिएको १ सय ९४ रनको लक्ष्यलाई पाकिस्तानले ३९ ओभर ३ बलमा पूरा गरेको थियो, जसका लागि उसले ३ बिकेटको क्षती ब्योर्होनु परेको थियो । पाकिस्तानका लागि इमाम उल हकले ७८, मोहम्मद रिजवानले नटआउट ६३, फाखर जामनले २० र कप्तान बाबर आजम १७ रन बनाएका थिए ।
उता, बंगलादेशका तास्किन अहमेद, सोरीफुल इस्लाम र मेहदी हसन मिराजले समान १–१ विकेट लिएका थिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले ३८ ओभर ४ बलमा १ सय ९३ रन बनाएर अलआउट हुन पुगेको थियो भने । बंगलादेशका लागि मुशफिकर रहिमले ६४ र शाकिब अल हसनले ५३ रन बनाउन सफल भएका थिए ।
सो क्रममा पाकिस्तानका हरिस रौफले ४ र नशीम शाहले ३ तथा साहिन शाह अफ्रिदी, फाहिम असरफ र इफ्तिखार अहमदले समान १–१ विकेट लिदै बंगलादेश माथी हावी हुन पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २१ भदौ २०८०, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल