काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँको भृकुटीमण्डपमा सांघातिक हमला भएको छ । बुधबार दिउँसो नुवाकोटाको विदुर नगरपालिका घर भएका श्यामबाबु सापकोटाले धारिलो हतियारले आक्रमण गरेको जनाइएको छ ।
रिपोटर्स क्लबबाट बाहिरिएपछि गाडी चढ्न लाग्दा यादवमाथि आक्रमण भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमुद ढुंगेलले सापकोटालाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिइएको बताए । आक्रमणपछि यादवको टाउकोको पछाडिको भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० भदौ २०८०, १५ : ०६
लेखकबाट थप