‘एक भगवत् गीता’को निर्मातालाई जिफानको पत्र

सफल खबर संवाददाता

बुधबार, २० भदौ २०८०, १५ : ००
‘एक भगवत् गीता’को निर्मातालाई जिफानको पत्र

काठमाडौँ । प्रदर्शन मिति नजिकिँदै गर्दा झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’को चर्चा त चुलिएको छ नै । फिल्मले नयाँ नयाँ विवादको सामना समेत गर्नु परिरहेको छ ।केही दिन अगाडि फिल्मको विषयमा दुई धार्मिक संस्था हिन्दु जागरण नेपाल र आध्यात्मिक विकास समाजले विरोध जनाएपछि निर्माण युनिटले धार्मिक सस्ंथालाई कथासार (स्क्रिप्ट) पठाएर विवाद मिलाउँदै गरेको अवस्था छ ।

यस्तैमा फिल्मलाई लिएर गुरुङ फिल्मको छाता संस्था (जिफान)ले निर्मातालाई पत्र पठाउँदै गुरुङ समुदायको कुन विषय समावेश गरिएको हो भनेर सोधेको छ । अध्यक्ष गुञ्जबहादुर गुरुङले पठाएको पत्रमा संस्थाको विधानमा उल्लेख भएअनुसार आफूहरु कथावस्तु स्पष्ट हुन चाहेको बताएका छन् ।

 

जिफानको विधानमा नेपालभित्र वा बाहिर निर्माण हुने कुनैपनि भाषाका फिल्ममा गुरुङ समुदायको कथा उठान गरिएको छ भने छायांकन अगावै उक्त कथाको अंश गुरुङ फिल्म एसोसिएसनबाट प्रमाणीकरण हुनुपर्नेछ ।

फिल्ममा अभिनेता धीरज मगर गुरुङ समुदायका एक युवकको चरित्रमा छन् । फिल्ममा धीरजको अपोजिटमा सुहाना थापा छिन् । भदौ २९ गतेबाट प्रदर्शनमाउन लागेको फिल्ममा धिरज र सुहानाको अलवा विपिन कार्कीको समेत मुख्य भूमिका छ । फिल्म सुनिल कुमार थापाले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस