नयाँ दिल्ली । भारतमा यो हप्तादेखि सुरु हुने जी–२० शिखर सम्मेलनमा रुस र चीनका राष्ट्रपति नआउने भएपछि व्यापक चर्चा भइरहेको छ । यसबारेको प्रश्नमा भारतीय विदेशमन्त्री एस जयशंकरले जवाफ दिएका छन् ।
विदेशमन्त्री एस जयशंकरले एएनआईसँग कुराकानीमा भने, ‘मलाई लाग्छ कि जी–२० मा अलग–अलग अवसरमा यस्ता केही राष्ट्रपति वा प्रधानमन्त्री रहेका छन्, जो केही कारणले शिखर सम्मेलनमा भाग लिन पुगेनन् । तर ती देशका प्रतिनिधिले बैठकमा आफ्नो पक्ष राख्छन् । मलाई लाग्छ बैठकमा सबै जना निकै गम्भीरताका साथ सामेल हुँदैछन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्दै जी–२० मा सहभागी हुने विषयमा असमर्थता जताएका थिए । रुसका विदेशमन्त्री सर्गेई लावरोभले यस बैठकमा देशको प्रतिनिधित्व गर्नेछन् । यसपछि चीनको विदेश मन्त्रालयले पनि राष्ट्रपति सी जिनपिङको स्थानमा प्रधानमन्त्री ली छ्याङले जी–२० शिखर सम्मेलनमा भाग लिने जानकारी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० भदौ २०८०, १० : ४८
लेखकबाट थप