आरिफको ठाउँमा भीम सार्कीलाई खेलाउने

सफल खबर संवाददाता

सोमबार, १८ भदौ २०८०, १५ : २७
आरिफको ठाउँमा भीम सार्कीलाई खेलाउने

काठमाडौं । नेपालले भारतविरुद्धको महत्वपूर्ण म्याचमा मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखलाई बेञ्चमा राखेको छ । उनको ठाउँमा भीम सार्कीलाई खेलाउने कप्तान रोहित पौडेलले बताए ।

भारतले पनि टीममा एउटा परिवर्तन गरेको छ । फास्ट बलर जसप्रित बुमराहको स्थानमा मोहम्मद सामी आएका छन् । बुमराह पारिवारिक कारणले घर फर्केका थिए । दुवै टीमले अन्य १० जना पहिलो म्याचमा खेलाएकै खेलाडीहरूलाई समावेश गरेका छन् ।