मिराज र शान्तोको शतकमा बङ्गलादेशद्वारा अफगानिस्तानलाई ३३५ रनको लक्ष्य

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०८०, २० : २६
मिराज र शान्तोको शतकमा बङ्गलादेशद्वारा अफगानिस्तानलाई ३३५ रनको लक्ष्य

काठमाडौँ । एसिया कप क्रिकेटमा बङ्गलादेशले अफगानिस्तानलाई ३ सय ३५ रनको लक्ष्य दिएको छ । लाहोरको गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३४ रन बनायो ।

बङ्गलादेशका लागि मेहदी हसन मिराज र नजमुल होसेन शान्तोले शतक बनाए । मिराज १ सय १२ रनमा रिटायर्ड हर्ट हुँदा शान्तो १ सय ४ रनमा आउट भए । यस्तै कप्तान शाकिब अल हसनले नटआउट ३२ रन बनाए । बलिङतर्फ अफगानिस्तानका मुजिब उर रहमान र गुलबदिन नइबले १-१ विकेट लिए ।