शेखर कोइरालाले भने-'पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउनु पर्छ'

शुक्रबार, ०७ पुस २०७४, ०१ : २०
शेखर कोइरालाले भने-'पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउनु पर्छ'

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइराला

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग गरेका छन् । प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावमा हारका जिम्मेवारी कसले लिने भन्ने विषयमा विवाद भैरहदा कोइरालाले छलफलका लागि केन्द्रीय समिति वैठक बोलाउन माग गरेका हुन् ।

विराटनगरमा आज कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न र आगामी दिनमा महासमितिको बैठक बसाउनका लागि सो बैठक आवश्यक रहेको स्पष्ट पारे ।
उनले अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको साङ्गठनिक संरचना बनाउनुपर्ने विषयमा जोड दिए । उनले अब पार्टीको सङ्गठन टोल–टोलसम्म
पुर्‍याउनुपर्ने बताए ।

पार्टीभित्रैबाट अन्तर्घात भएका कारण आफु निर्वाचनमा पराजित भएको प्रसङ्ग उल्लेख गर्दै उनले त्यस्ता अन्तर्घात गर्नेहरुलाई राजनीतिक रुपमा बहिष्कार गर्नुपर्ने बताए ।
पत्रकारको जिज्ञासामा उनले काँग्रेस अब पाँच वर्षसम्म बलियो विपक्षीको भूमिका निर्वाह गर्दै पार्टीको सङ्गठनमा बढी केन्द्रित हुने स्पष्ट पारे ।
पार्टीको महाधिवेशनमा पार्टी सभापति पदका लागि उठ्ने चर्चाको सम्बन्धमा भने, “आफु राजनीतिक मान्छे भएकाले ईच्छा राख्नु स्वाभाविक हो ।”

प्रतिक्रिया दिनुहोस