काठमाडौं । सोलुखुम्बु लिखुपिके गाउँपालिका वडा नम्बर २ का तत्कालीन वडा अध्यक्षसहित तीनजनाविरुद्ध ६ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले लिखुपिके गाउँपालिका २ का वडा अध्यक्ष रमेश कुमार बस्नेत,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदीविरुद्ध आज विशेष अदालत काठमाडौंमा भष्टाचार मुद्दा दायर गरेको हो।
उनीहरुमाथि वडा कार्यालयको भवन निर्माण गर्न जग्गा खरिद गर्दा अनियमितता गरेको आरोप छ। अख्तियारका प्रवक्ता भोला दाहालले वडा कार्यायको भवन निर्माण गर्न जग्गा खरिद गर्दा अनियमितता गरेको उजुरीका आधारमा छानबिन गर्दा भ्रष्टाचार गरेको पुष्टि भएकाले तीनैजनाविरुद्ध मुद्दा दायर भएको हो।
उनीहरूमाथि ६ लाख विगो माग दावीसहित सजाय माग गरिएको अख्तियारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अख्तियारद्वारा राहदानी विभागमा छापा