उत्तर प्रदेशमा सडक दुर्घटना, ६ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०८०, १२ : ०७
उत्तर प्रदेशमा सडक दुर्घटना, ६ जनाको मृत्यु

पिलिभित । उत्तर प्रदेशको पिलिभित जिल्लाको राष्ट्रिय राजमार्गमा रोकिराखेको पिकअफ भ्यानमा द्रुतगतिमा रहेको कार ठोक्किँदा तीन जना महिलासहित चारजनाको मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

यसैबीच, महाराष्ट्रको थानेमा भएको अर्को सडक दुर्घटनामा दुईजनाले ज्यान गुमाएका तथा अन्य दुईजना घाइते भएका थानेस्थित राजमार्ग गस्ती प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस