काठमाडौँ । नेपालमा डेंगी संक्रमण बढिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भदौ र असोजमा डेंगी संक्रमण उच्च हुने प्रक्षेपण गरेको थियो। संक्रमणबाट १३ जनाको निधन भएको छ।
महाशाखाका निर्देशक डा. रूद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेंगी संक्रमण दैनिक रूपमा बढेको बताए। नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो। सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो।
सुनसरीमा मात्र ११ हजार बिरामी पुगे
संक्रमण देखिएकामध्ये सबभन्दा बढी सुनसरी जिल्लामा छन्। महाशाखाका अनुसार सुनसरीमा ११ हजार छ सय ५९ जनामा डेंगी संक्रमण देखिएको छ।
सुनसरीपछि मोरङमा दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाडौंमा चार सय २७, धनकुटामा तीन सय ३६, संखुवासभामा दुई सय ७२, कास्कीमा दुई सय ६०, दार्चुलामा एक सय ९४ र ललितपुरमा एक सय ७४ जना डेंगीका बिरामी भेटिएका छन्।
डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल लार्भा निस्कन्छ। त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी रोग लाग्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पानी परेसँगै डेंगी संक्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
देशभर डेंगी संक्रमितको संख्या २ हजार नाघ्यो