सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा भएका बरिष्ठ अधिकृतहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दज्र्यानी चिह्न प्रदान प्रदान गरेका छन् । गृह मन्त्रालयको भाद्र ११ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका १२ जना सशस्त्र प्रहरी उपरीक्षकहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा भएका थिए ।
महानिरीक्षक अर्यालले व्यावसायीक जीवनमा पदोन्नती महत्वपूर्ण रहने उल्लेख गर्दै व्यावसायीक दक्षता र प्रदर्शन गरेको क्षमताको परिणाम स्वरुप पदोन्नती भएको बताए । उनले कार्यक्षेत्रमा परिचालित हुँदा पूर्ण क्षमता, व्यवसायीकता, इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन लिँदै संगठन स्थापना पश्चात संगठनको साख बृद्धिमा टेवा पु¥याउने अग्रजहरुको सम्मान गर्दै संगठनमा फौजी परम्पराको रक्षा गर्नु सवै तहका राष्ट्रसेवकहरुको दायित्व रहेको उल्लेख गरे ।
महानिरीक्षक अर्यालले भ्रष्टाचार बिरुद्धका कार्यमा शून्य सहनशीलताको नीति अवलम्बन गरी पेशाप्रति पूर्ण निष्ठावान भई थपिएको पदीय जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्न निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ भदौ २०८०, २० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल
सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विपद् व्यवस्थापनमा उच्च मनोबलसहित खटिन सशस्त्र प्रहरीलाई निर्देशन
सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, भेट गर्नुपरे पूर्वस्वीकृति अनिवार्य
सीमा क्षेत्रमा सुरक्षा कडा, आपराधिक गतिविधि देख्नेबितिकै खबर गर्न सशस्त्र प्रहरीको अनुरोध
सशस्त्र प्रहरीमा ८४६ जनाको लागि खुल्यो जागिर