बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

सफल खबर संवाददाता

शुक्रबार, १५ भदौ २०८०, १९ : ३९
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

काठमाडौं । बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का बिजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा अध्यक्षसहित ४ पदाधिकारी र ८ सदस्यमा पारसको प्यानलले जित हासिल गरेको हो ।

खड्काले २३ मत ल्याउँदा उनका प्रतिस्पर्धी उमेश पिया १४ मत पाए । पदाधिकारी र सदस्यमा पनि पारसको प्यानलका सबैले २३ र उमेशको प्यानलका सबैले १४ मत ल्याएका छन् । ६ जिल्लाबाट २४ र कार्यसमितिको १३ जना गरी कुल ३७ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस