एजेन्सी। अमेरिकी अर्बपति व्यापारी एलन मस्कले आफ्नो सामाजिक सञ्जाल एक्स (ट्विटर) मा भिडियो र अडियो कलको सुविधा चाँडै नै उपलब्ध हुने घोषणा गरेका छन् । उनले यो नयाँ फिचरले एन्ड्रोइड, आईओएस, पीसी र म्याकमा काम गर्ने बताए ।
उनले लेखेका छन्, ‘‘एक्स’मा अडियो र भिडियो कलिङ सुविधा चाँडै आउँदै छ । यसले आईओएस, एन्ड्रोइड, एप्पल म्याक र माइक्रोसफ्ट कम्प्युटरहरूमा काम गर्नेछ।’यसका लागि कुनै फोन नम्बर आवश्यक पर्दैन । एक्स नै यी कलका लागि ग्लोबल एड्रेस बुक हुनेछ । यो नै यस सुविधाबारे सबैभन्दा महत्त्वपूर्ण कुरा हुनेछ ।
यद्यपि, यो सुविधा पहिले नै ह्वाट्सएप, फेसबुक मेसेन्जर, इन्स्टाग्राम जस्ता मेसेजिङ एपहरूमा उपलब्ध छ ।ट्विटरमा भिडियो तथा अडियो कल गर्ने सुविधा कहिलेसम्म उपलब्ध हुने भन्ने बारे मस्क वा ट्विटरले कुनै जानकारी दिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ भदौ २०८०, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एलन मस्कले फेरे ट्विटरको लोगो
शनिवार साँझ डाउन भयो विश्वभरी ट्विटर
भारतीय अदालतद्धारा ट्विटरलाई ८० लाख जरिवाना तिर्न आदेश
अब ट्विटरमा दुई घन्टा लामो भिडियो अपलाेड गर्न सकिने