नबिल बैंकको एटीएम फुटाएर रकम चोर्न लाग्दा एकजना पक्राउ

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०८०, १४ : १०
नबिल बैंकको एटीएम फुटाएर रकम चोर्न लाग्दा एकजना पक्राउ

काठमाडौं । बैंकको एटीएम मेसिन फुटाएर रकम चोरी गर्न खोज्दा एक जना पक्राउ परेका छन् । 

भक्तपुरमा कमलविनायकस्थित भत्केको पाटीमा रहेको नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी रकम चोरी गर्न लाग्दा दाङको बबई गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय पूर्णबहादुर खासु पक्राउ परेका हुन् । 

खासुलाई बिहीबार बिहान पौने ३ बजे जगाती वृतको टोलीले पक्राउ गरेको  प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा  १ थान मार्तल, १ थान फलामको रड र १ थान ह्याक्सो समेत बरामद भएको छ । 
 

प्रतिक्रिया दिनुहोस