भारतसँग खेल्न गएको नेपाली क्रिकेट टोली श्रीलंका पुग्यो

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०८०, १२ : ३०
भारतसँग खेल्न गएको नेपाली क्रिकेट टोली श्रीलंका पुग्यो

काठमाडौं। एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेल खेल्न नेपाली राष्ट्रिय टोली श्रीलंका पुगेको छ ।एसिया कपमा पाकिस्तानविरुद्ध बुधबार खेलेको नेपाली टोली चार्टर फ्लाइटमा आज बिहान श्रीलंकातर्फ लागेको थियो । टोली अहिले गन्तव्यमा पुगिसकेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जनाएको छ ।

बुधबार समूह ’ए’ को आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग २३८ रनको भारी अन्तरले पराजित भएको थियो ।अब नेपालले समूहको दोस्रो खेलमा भारतसँग भदौ १८ मा खेल्नेछ । खेल श्रीलंकाको क्यान्डीमा हुनेछ ।  

त्यसअघि यो समूहको अर्को खेलमा प्रमुख प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्नेछन् । यो खेल भदौ १६ मा श्रीलंकामै खेल हुनेछ ।समूह ‘ए’बाट २ टोली सुपर ४ मा जाँदा १ टोल भने पहिलो चरणबाटै बाहिरिनेछ ।यस्तै, समूह ‘बी’मा आज घरेलु टोली श्रीलंका र बंगलादेश भिड्दैछन् । यो समूहमा अफगानिस्तान पनि छ । 

प्रतिक्रिया दिनुहोस