माओवादीको विशेष अभियान चन्द्रागिरि–२ बाट सुरू हुने

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०८०, ११ : ३८
माओवादीको विशेष अभियान चन्द्रागिरि–२ बाट सुरू हुने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान चन्द्रागिरि–२ बाट सुरू गर्ने भएको छ ।  प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो अभियानको सुरूवात गर्ने कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए । 

 

गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले वडाध्यक्ष जितेको थियो । माओवादी केन्द्रका उम्मेदवार भाइकृष्ण तामाङले कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तामाङलाई २२४ मतान्तरले पराजित गरेका थिए । 

‘विशेष अभियानको सुरूवात चन्द्रागिरि–२ बाट अध्यक्षज्यूले गर्नुहुन्छ । भर्चुअल माध्यमबाट ७५३ वटै पालिकामा उहाँले सम्बोधन गरेपछि वडा तहको अभियान सुरू हुन्छ’, उनले भने । साउन (१७–२१) सम्म राजधानीमा बसेको केन्द्रीय समिति बैठकले तीन चरणमा ६ हजार ७४३ वडामा अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस