एजेन्सी । विश्व मास्टर्स च्याम्पियनसिपमा इजरायली सहभागीसँग कुरा गरेको तथा हात मिलाएको भनेर इरानले आफ्नो खेलाडीलाई आजीवन प्रतिबन्ध लगाएको छ।
उक्त प्रतियोगितामा रजत पदक जितेका इरानी भारोत्तोलक मुस्तफा राजाइ सार्वजनिक तस्बिरमा पोडियममा इजरायली कास्य पदक विजेताको छेउमा उभिएको देखिन्छ। त्यसपछि इरानको भारोत्तोलन महासंघले उनलाई प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ।
इरानले आफ्ना खेलाडीहरूलाई इजरायलका खेलाडीहरूसँगको प्रत्यक्ष प्रतिस्पर्धामा भाग लिन प्रतिबन्ध लगाएको छ। जसका कारण इरानी खेलाडीहरू प्रत्यक्ष खेलबाट बच्न प्रायः खेल छाड्छन् वा चोटको बहाना गर्छन्।
४० वर्षीय रजाई शनिबार इजरायली खेलाडी म्याक्सिम स्विर्स्कीको छेउमा उभिएपछि आफ्नो देशको झण्डामा बेरिएको देखिन्छ।
दुवै जना पोल्याण्डमा भारोत्तोलनका ूभेटेरान्सू को लागि गैर(व्यावसायिक प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका थिए।
रजाईले थाइल्याण्डमा भएको २०१५ एसियाली भारोत्तोलन च्याम्पियनसिपमा इरानको प्रतिनिधित्व गरेका थिए र उनी इरानी राष्ट्रिय टोलीका पूर्व सदस्य हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ भदौ २०८०, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
इरानसँग बेल्जियमको गोलरहित बराबरी
न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुंगियो
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी