पाकिस्तानसँग नेपाल २३८ रनले पराजित

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०८०, २१ : ५२
पाकिस्तानसँग नेपाल २३८ रनले पराजित

 काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।