काठमाडौं । बहुचर्चित मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना बुधबारदेखि कार्यान्वयनमा गएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको उपस्थितिमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान भएको छ । यससँगै पाँच वर्षको समय तोकिएको एमसीसीका परियोजना कार्यान्वयनमा गएको छ ।
सम्झौता भएको ६ वर्षपछि परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । नेपाल र अमेरिकाबीच २०७४ भदौ २९ गते एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको थियो।
नेपाल सरकार र अमेरिकी सहयोग नियोग एमसीसीसँग भएको सम्झौताको धारा ७ अनुसार आवश्यक पूर्वशर्तहरू पूरा भएको कुरामा एमसीसी सन्तुष्ट भएको अवस्था र सम्झौता लागू गर्न उसले नेपाल सरकारलाई प्रेषित गरेको पत्रका मितिदेखि यो लागू हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ भदौ २०८०, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसी परियोजना नेपालकै प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड
एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस नेपाल आउँदै
एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै
एमसीसीबाट नेपालले देशको हित हुनेगरी लाभ लिनुपर्छ : सभामुख घिमिरे
एमसीसी कार्यान्वयनविरुद्ध विप्लव र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्यो विरोध
व्याख्यात्मक घोषणा झुटको खेस्रो, एमसीसी कार्यान्वयनमा जान्छ : केपी ओली