काठमाडौं। आजबाट सुरू हुन लागेको एसिया कप-२०२३ मा नेपालले आफ्नो पहिलो खेलमा आज क्रिकेटको महारथी राष्ट्र पाकिस्तानसँग खेल्दैछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
क्रिकेटको महारथी राष्ट्र पाकिस्तानसँग खेल्न लागेको नेपाली क्रिकेट टिमलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिएका छन् ।
राष्ट्रपति पौडेलले आज एक टवी्ट गर्दै नेपाली टिमलाई जितको शुभकामना दिएका हुन् । पौडेलले गरेको ट्वीटमा भनिएको छ ‘नेपाली राष्ट्रिय क्रिकेट टिमले एसिया कप २०२३ को यात्रा आरम्भ गर्दै पाकिस्तानसँग पहिलो खेलमा सहभागी हुन लागेकोमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपाली टिमलाई सफलताको शुभकामना दिनुभएको छ ’।
नेपालले प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा भदौ १८ गते क्रिकेटको अर्को महाशक्ति राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ भदौ २०८०, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
“सक्षम, नैतिक तथा प्रविधिमैत्री कर्मचारीतन्त्रले मात्रै सुशासन दिन सक्छ” : राष्ट्रपति पौडेल
किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ : राष्ट्रपति पौडेल
राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक : राष्ट्रपति पौडेल
‘हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो’ : राष्ट्रपति पौडेल
‘गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता