काठमाडौं। आजबाट सुरू हुन लागेको एसिया कप-२०२३ मा नेपालले आफ्नो पहिलो खेलमा आज क्रिकेटको महारथी राष्ट्र पाकिस्तानसँग खेल्दैछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
क्रिकेटको महारथी राष्ट्र पाकिस्तानसँग खेल्न लागेको नेपाली क्रिकेट टिमलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिएका छन् ।
राष्ट्रपति पौडेलले आज एक टवी्ट गर्दै नेपाली टिमलाई जितको शुभकामना दिएका हुन् । पौडेलले गरेको ट्वीटमा भनिएको छ ‘नेपाली राष्ट्रिय क्रिकेट टिमले एसिया कप २०२३ को यात्रा आरम्भ गर्दै पाकिस्तानसँग पहिलो खेलमा सहभागी हुन लागेकोमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपाली टिमलाई सफलताको शुभकामना दिनुभएको छ ’।
नेपालले प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा भदौ १८ गते क्रिकेटको अर्को महाशक्ति राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ भदौ २०८०, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
‘दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ’: राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग अस्ट्रेलियाका राजदूत जोनस्टनको बिदाइ भेट
४ देशका राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ: राष्ट्रपति पौडेल