बेइजिङ । चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानको लिङ्शान यी स्वायत्त क्षेत्रको जिनयाङ काउन्टीमा अविरल वर्षासँगै खसेको पहिरोमा परी चार जनाको मृत्यु भएको छभने अन्य ४८ जना बेपत्ता भएका छन् ।
राजमार्ग निर्माणस्थलमा पहिरो खसेको तर घटनाका सम्बन्धमा कुनै जानकारी नदिएको अभियोगमा निर्माण कम्पनीका चार जनालाई पक्राउ गरिएको प्रान्तीय आन्तरिक सुरक्षा विभागमा उपनिर्देशक युआन ग्याङले पत्रकार सम्मेलनमा बताएका छन् ।
नौ दिनअघि भएको उक्त घटनाको विवरण ढिलो उपलव्ध गराएकामा उनले निर्माण कम्पनीका कर्मचारीमाथि कारवाही गरिने बताएका छन् । राजमार्ग निर्माणस्थलमा भएको उक्त दुर्घटनाको छानबिनमा खटिएको टोलीले पहिरो खसेका बेला उक्त स्थानमा दुई सय एक जना रहेका जनाएको छ । एक सय ४९ जना ज्यान जोगाएर भागेका थिए । प्रहरीले घटानको छानविन र बेपत्ता भएकाहरूको खोजी जारी राखेको उपनिर्देशक युआनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १३ भदौ २०८०, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनका लागि नेपालका पूर्वराजदूतहरूको चेतावनी : ‘एक चीन’ नीतिमाथि नयाँ प्रश्न किन उठ्यो ?
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट