आणविक परीक्षणबिरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउँदै संयुक्त राष्ट्रसंघ

एजेन्सी

बुधबार, १३ भदौ २०८०, ११ : २५
आणविक परीक्षणबिरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउँदै संयुक्त राष्ट्रसंघ

एजेन्सी। संयुक्त राष्ट्र संघको महासभाले परमाणु परीक्षणको बिरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउनका लागि उच्चस्तरीय बैठक बसेको छ । मंगलवार संयुक्त राष्ट्र महासभाका अध्यक्ष क्यस्बा कोरोसीको अध्यक्षतामा बसेको बैठकले आणविक हतियारले ल्याएको विश्वव्यापी प्रकोपबारे चेतावनी दिँदै परमाणु परीक्षणको बिरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउनुपर्ने बताए । संयुक्त राष्ट्र महासभाको ७७ औं सत्रका अध्यक्ष कोरोसीले आणविक हतियारको प्रयोगले धेरै समस्याहरु उत्पन्न भइरहेको बताउँदै विश्वव्यापी प्रकोपको नजिक विश्व रहेको बताए । आणविक हतियारका कारण डरलाग्दो घटना हुनसक्ने चेतावनी दिए । आणविक हतियारमा शर्त लगाएरु मानव जीवन संकटमा पारेको बताए ।

कोरोसीले आणविक हतियारको निरन्तर आधुनिकीकरणमा लगानी र मानवताको लक्ष्य, आकांक्षा र समभmौतासँग मेल नखाने बताए । यसलाई रोक्नका लागि सबै एक ठाउँमा आएर आणविक हतियारको प्रयोग कम गर्दै जानुपर्ने बताए । उनले विश्वले आणविक हतियारको बढ्दो प्रयोग गर्नु मानवीय संकट उत्पन्न हुनु रहेको बताए ।

उनले संसारलाई सम्पूर्ण रुपमा सुरक्षित बनाउन र परमाणु खतरामुक्त संसार बनाउन त्यस दिशामा काम गर्नुपर्ने आवश्यकता रहेको बताए । अन्तर्राष्ट्रिय दिवस मनाउने बारेमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आणविक परीक्षणमा कानूनी रुपमा बाध्यकारी प्रतिवन्ध आणविक हतियारमुक्त संसारको लागि आधारभुत कदम हुने बताए । व्यापक आणविक परीक्षण प्रतिवन्ध सन्धि (सिटिबिटी) अझै लागू नभएपनि यो दिवसले सकारात्मक सन्देश जाने बताए । (सिटिबिटी) सेप्टेम्बर १९९६ मा संयुक्त राष्ट्र महासभाले पारित गरेको थियो । तर अहिलेसम्म लागू भएको छैन ।

प्रतिक्रिया दिनुहोस