एजेन्सी । छिमेकी देश चीनले सोमबार आफ्नो नयाँ नक्सा जारी गरेको छ । ‘स्टान्डर्ड म्याप’ नाम दिइएको उक्त नक्सामा चीनले ‘अक्साई चीन’ र अरुणाञ्चलको भागलाई समेटेको छ ।
नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा उल्लेख गरिएको छ । ‘चीनको सन् २०२३ को स्टान्डर्ड म्याप सोमबार जारी भएको छ । यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा लञ्च गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रइङ मेथड’ को आधारमा बनाइएको छ,’ चिनियाँ अंग्रेजी दैनिक ग्लोबल टाइम्सले सामाजिक सञ्जालमा लेखेको छ ।
यो नक्सा जारीपछि भारतमा हल्लीखल्ली मच्चिसकेको छ । यस्तै चीनले नेपालको नयाँ नक्सालाई समेत अस्वीकार गरेको पाइएको छ । चीनको जुन नक्सामा नेपालको चुच्चेनक्सा गायब छ ।
नेपालको भूमि भारतले आफ्नो राजनीतिक नक्सामा समेटेपछि नेपालले पनि २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १३ भदौ २०८०, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल