चीन भ्रमणको क्रममा नयाँ व्यापारिक नाका खोल्नेबारे छलफल निश्चित भएको छ :प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, १२ भदौ २०८०, ११ : ४६
चीन भ्रमणको क्रममा नयाँ व्यापारिक नाका खोल्नेबारे छलफल निश्चित भएको छ :प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो आसन्न चीन भ्रमणका क्रममा नेपाल–चीनबीच नयाँ नाका खोल्ने बारे छलफल हुन लागेको बताएका छन् ।मुगुको नाक्चे लाग्ना नाका खोल्न आफूले पहल गर्ने उनले बताए । ​

 

मंगलवार प्रतिनिधिसभामा भएको प्रश्नोत्तरमा कांग्रेस सांसद ऐनबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले नयाँ व्यापारिक नाका खोल्न विषयमा छलफल हुन लागेको जानकारी गराएका हुन् ।

 

‘मेरो आसन्न चीन भ्रमणको क्रममा चीन नेपालबीच नयाँ व्यापारिक नाका खोल्ने छलफल गर्ने कुरा निश्चित भएको छ’ प्रचण्डले भने, ‘त्यस सन्दर्भमा मुगुको नाक्चे लाग्ना नाका खोल्ने बारे मेरो कोशिश हुनेछ । त्यसको बारेमा म जानकार पनि छ् । त्यस बारेमा एउटा निष्कर्ष लिने कोशिश हुनेछ ।’

 

संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी भएर प्रचण्ड असोज ४ गते अमेरिकाबाट चीन जाने कार्यक्रम तय भएको छ ।कृषि क्षेत्रमा रुपान्तरणकारी योजनामा चीनको सहयोगका लागि पहल गर्ने प्रचण्डले बताए । 

प्रतिक्रिया दिनुहोस