काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको दाबी गरेका छन्।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले एसपीपीको सबै ड्राफ्ट तयार भइसकेको र एसपीपी पास भइसकेपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्ने दाबी गरेका हुन्।
उनले एमसीसी सम्झौता, इमानदारीपूर्वकता, देशको हितमा गरिएको थियो, राष्ट्रको हितमा गरिएको हो भने किन दस्ताबेजहरू लुकाएको भन्दै प्रश्न गरेका छन्।
‘एक जना जनरलले मलाई के सूचना दिनुभएको छ भने, मैले नाम खुलाउँदिन भनेको छु। उहाँ अहिले भएको होइन, उहाँले के भन्नुभएको छ भने अर्को एसपीपी सम्झौताको सारा तयारी हुँदैछ, त्यसको ड्राफ्ट मैले गरेको हो, त्यसपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्न पाउँछ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ भदौ २०८०, १९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल