काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले गौर हत्याकाण्डको छानविन नगरेको खण्डमा पीडितहरु हेग जाने चेतावनी दिएका छन् ।
आज (सोमबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले पीडितसँग छानविन गर्ने प्रतिवद्धता जनाएपनि कुर्सी हल्लिने डरले चुप लागेर बसेको बताए ।
घटना भएको १७ वर्ष वितिसक्दा पनि छानविन नहुनुले पीडितहरुको कानुनी राज्यको अनुभूति गर्न नपाएको उनको भनाई छ । सरकार छानविन गर्छु भन्छ । तर, कुर्ची हल्लिने डरले रोकेको छ । न्यायका लागि सरकार बनेको हो कि कुर्ची बचाउन ? सरकार कुर्ची बचाएर बस्ने हो भने र नेपालमा न्याय नपाउने हो भने पीडितहरु हेग जान्छन्, चुप लागेर बस्दैनन्,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ भदौ २०८०, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह