लमजुङका १८ जना नागरिकले त्यागे नेपाली नागरिकता

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०८०, २० : ४१
लमजुङका १८ जना नागरिकले त्यागे नेपाली नागरिकता

लमजुङ। लमजुङ स्थायी घर भई जागिरको शिलसिलामा विभिन्न देशमा पुगेका १८ जनाले नेपाली नागरीकले नागरीकता त्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङबाट नेपाली नागरीकता लिएका मध्ये १८ जनाले नेपाली नागरीकता त्याग गरेका हुन्को ।

जिल्लामा २०७४ र २०७८ सालमा सबै भन्दा धेरै नागरीकता त्यागनेको संख्य रहेको पाइएको छ । उक्त समयमा पाँच÷पाँच जनाले नागरीकता त्यागेका छन् । त्यसै गरी जिल्लामा २०७३ सालमा २ जना, ०७५ सालमा एक जना, ०७९ सालमा २ जना र ८० सालको हाल सम्म ३ जनाले नागरीकता त्याग गरेको जिल्ला प्रशासन कार्यालयका सुचन अधिकारी जगदीश मिश्रले जानकारी दिए ।

अन्य देशको नागरिकता लिनका लागि नेपाली नागरीकता अनिवार्य त्याग्नु पर्ने भएकोले नेपालीहरुले नेपाली नागरीकता त्याग गर्ने पाइएको जिप्रकाका सुचना अधिकारी मिश्रको भनाई छ ।

लामो समयदेखि वैदेशिक रोजगारीका साथै डिभी र पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरी बसेकाहरूले पनि नागरिकता त्याग गरेको उनले बताए । त्यसै गरी जिल्लाबाट नयाँ नागरिकता लिने भन्दा नागरिकताको प्रतिलिपि लिने धेरै रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङकाबाट आर्थिक वर्ष ०७९/०८० मा ६ हजार ४ सय ४५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

प्रतिक्रिया दिनुहोस