महिला तथा सामाजिक समिति सभापतिमा किरणकुमार शाहको उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०८०, १५ : ३९
महिला तथा सामाजिक समिति सभापतिमा किरणकुमार शाहको उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत समितिको सभापति चयनका लागि आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । 

सोही क्रममा  महिला तथा सामाजिक समिति सभापतिका लागि एमाले सांसद किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका छन् ।  उनको प्रस्तावकमा कांग्रेस सांसद शान्ति विक र एमाले सांसद अस्माकुमारी चौधरी समर्थक रहेका छन् । संसदीय समिति सभापतिमा सत्तारुढ र प्रमुख प्रतिपक्ष एमामलेबीच भागबन्डा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस