आज निर्वाचन आयोगले समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्ने

शुक्रबार, ०७ पुस २०७४, ११ : ००
आज निर्वाचन आयोगले  समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्ने

निर्वाचन सकिएको १५ दिनपछि निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँड गर्ने भएको छ ।

समानुपातिक तर्फको मतगणना पुस २ गते नै सकिएपनि आयोगले सिट बाँडफाँडसहितको भने आजमात्रै गर्न लागेको हो । निर्वाचन आयोगका प्रवक्ता एव सहसचिव नवराज ढकालका अनुसार आज दिउँसो आयोगको बैठक बस्ने र त्यसपछि औपचाकि रुपमा सिट बाडफाँटसहितको नतिजा सार्वजनिक हुनेछ । आयोगले २ बजेअघि नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको प्रवक्ता ढकालले जानकारी दिए ।

आयोगका अनुसार राजनीतिक दलले प्राप्त गर्ने कुल सिट संख्या र समावेशी आधारमा प्राप्त गर्ने सिटको बाडँफाँड, दलले प्राप्त गर्नुपर्ने न्यूनतम मत सीमा ९थ्रेसहोल्ड० निर्धारण गर्ने लगायतका प्राविधिक  काम पूरा भैसकेकाले नतिजा सार्वजनिक गरिन लागिएको हो ।

नतिजाअनुसार आयोगले कुन प्रदेशमा कुन दलले कति सिट प्रप्त गरे भनेर छुट्याइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको नतिजा भने यसअघि नै सार्वजनिक भइसकेको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० जना जनप्रतिनिधिको चयन हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस