हिमालयन बैंकको "फन्ड ट्रान्सफरमा मोबाईल हातमा” अफर सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०८०, १४ : २६
हिमालयन बैंकको "फन्ड ट्रान्सफरमा मोबाईल हातमा” अफर सार्वजनिक

काठमाडौं ।  हिमालयन बैंकले connect IPS संगको सहकार्यमा  मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि “Fund Transfer मा Mobile Phone हातमा ” अफर सार्वजनिक गरेको छ ।  अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैकिङ्ग – HI-MB एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । 

सो अफर भाद्र १ गते देखि भाद्र ३१ गतेसम्म लागु हुनेछ । मोबाइल बैकिङ्ग एपबाट फण्ड ट्रान्सफर  गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा लकी ड्र मार्फत् बिजेता छनोट गरिने छ । उक्त बिजेताको घोषणा हिमालयन बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।

फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले  बैंकका ग्राहकहरुलाई फण्ड ट्रान्सफरमा आधारित सेवाहरु लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।