नेपालको अखण्डतालाई कमजोर पार्न षड्यन्त्र भइरहेको छ : जनमोर्चा

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०८०, १३ : ३०
नेपालको अखण्डतालाई कमजोर पार्न षड्यन्त्र भइरहेको छ : जनमोर्चा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले  कतिपय साम्राज्यवादी शक्तिहरूले नेपालमा विभिन्न जातजातिका बिच द्वन्द्व र अन्तर्विरोध पैदा गराएर एक आपसमा लडाएर भिडाएर नेपालको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर पार्नका लागि विभिन्न षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

पूर्वका केही जिल्लाहरूमा बिग्रँदो सामाजिक सद्भावप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै पार्टीले ती जिल्लाका स्थानीय विभिन्न धर्मावलम्बी तथा जातजातिका स्थानीय बासिन्दाहरूले आपसी सामाजिक सद्भाव कायम राख्न र त्यसलाई बिथोलिन नदिन अपिलसमेत गरेका छ। साथै सरकारलाई पनि सामाजिक सद्भाव कायम राख्न प्रशासन वा दमनको सहारा नलिन आपसी सम्झाई बुझाई संवादको माध्यमद्वारा समस्यालाई समाधान गर्न जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस