एजेन्सी। फ्रान्सका केही भूभागमा अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समय यता अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको हो। गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा सतर्कता अपनाउन चेतावनी दिइएको छ । फ्रान्सका केही भूभागमा यतिबेलाको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ ।
गर्मीले हुनसक्ने क्षतिलाई रोक्न १९ वटा फ्रान्सेली विभागहरू रेड अलर्टमा रहेका छन् ।गर्मी उच्चस्तरमा पुग्ने भएसँगै होसियार हुन आग्रह गरिएको छ ।
स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य सुरक्षाको लागि विभिन्न उपायहरू अपनाउन आग्रह गरेका छन् । बाहिरका गतिविधि नगर्न, आगोबाट बच्न र डढेलो लाग्न नदिने कुरामा सतर्क रहन आग्रह गरेका छन् ।
राष्ट्रिय मौसम विज्ञान निकाय मेटियो फ्रान्सका अनुसार यो यस वर्षकै धेरै गर्मी हो । गत सोमवार फ्रान्समा १९४७ पछिकै सबैभन्दा धेरै गर्मी भएको थियो । ड्रोमको न्योन्समा ४२.२ डिग्री सेल्सियसको उच्च तापक्रम मापन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ भदौ २०८०, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्ट्रेलियामा गर्मी बढेसँगै सावधानी अपनाउन आग्रह
इटलीमा गर्मी बढ्दै : ४० डिग्री सेल्सियस तापक्रम पुग्ने चेतावनी
गर्मी बढ्यो, दिनमा कति पिउने पानी ?
सुदूरपश्चिममा अत्यधिक गर्मी, जनजीवन प्रभावित
गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्दै
नाम्चे बजारमा यस वर्ष सबैभन्दा बढी गर्मी