नेपालमा नर्सिङ कलेज बन्द, विद्यार्थीको भीड भारततिर

पत्रपत्रिकाबाट

शुक्रबार, ०८ भदौ २०८०, ०७ : २९
नेपालमा नर्सिङ कलेज बन्द, विद्यार्थीको भीड भारततिर

काठमाडौ । नीतिगत कमजोरीका कारण नर्सिङ विषय अध्ययन गर्न चाहने विद्यार्थी पीडित बन्न पुगेका छन् ।

चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को प्रावधान भन्दै एक सय शय्याको आफ्नै अस्पताल नमुने शिक्षण संस्थालाई नर्सिङ विषयको भर्नामा रोक लगाएको छ। यसले गर्दा ७३ जटा नर्सिङ शिक्षण संस्था बन्द भइसकेका छन् ।

राज्यले गलत नीति अख्तियार गर्दा विद्यार्थी स्वदेशी शिक्षण संस्थामा भर्ना भएर अध्ययन गर्न वञ्चित भएका छन्। यो अवसरको फाइदा उठाउँदै नेपाली विद्यार्थीलाई लक्षित गरेर भारतका सोमावर्ती क्षेत्रमा धमाधम नयाँ नर्सिङ कलेज खुल्ने क्रम जारी छ ।

ऐनले स्नातक तहलाई मात्र सम्बोधन गर्ने भए पनि आयोगले नर्सिङ विषयमा मात्र स्नातकभन्दा तल्लो तहमा पनि प्रावधान कार्यान्वयन गरेर गलत नोति अख्तियार गर्दा नर्सिङ विषय अध्यापन गर्ने शिक्षण संस्था बन्द भएको आरोप सम्बद्ध संस्थाका पदाधिकारीको छ ।

फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका महासचिव तथा चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका संयोजक निर्मल सापकोटाले सोमा क्षेत्रमा भारतीय लगानोमा नर्सिङ क्याम्पस खुल्नुमा आयोगले लागु गरेको व्यवस्था मुख्य बाधक रहेको तर्क गरे । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस