काठमाडौं । पछिल्ला २ कारोबार दिन लगातार बढेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन पुनः गिरावट भएको छ । लगातार घटेर २ महिनापछि गत सोमबार २ हजारको विन्दुबाट तल झरेको नेप्से मंगलबार र बुधबार बढेको थियो । तर, बिहीबार पुनः घटेको हो ।
बिहीबार बजार परिसूचक नेप्से ३१.५२ अंकको उच्च गिरावट हुँदा २०१३.९३ को विन्दुमा बन्द भएको छ । बुधबारको तुलनामा बिहीबार नेप्से १.५४ प्रतिशतले गिरावट भएको हो ।
नेप्सेमा सम्पूर्ण उपसूचमा गिरावट भएका छन् । बिहीबार वित्त कम्पनी उपसूचक सर्वाधिक २.९२ प्रतिशतले गिरावट हुँदा बुधबार सबैभन्दा धेरै बढेको हाइड्रोपावर उपसूचक बिहीबार २.५० प्रतिशतले गिरावट भएको छ । जीवन बीमा, निर्जीवन बीमा र विकास बैंक उपसूचकमा पनि २ प्रतिशतभन्दा माथिको गिरावट भएको छ ।
नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने डेढ अर्ब नाघेको छ । बिहीबार नेप्सेमा ४० हजार ८०० वटा कारोबारमा ४६ लाख ५७ हजार १३७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ५५ करोडको कारोबार भएको छ । सोल्टी होटलको सर्वाधिक ७ करोड ८८ लाखको कारोबार हुँदा घोराही सिमेन्टको ६ करोड ९५ लाख र शिवम् सिमेन्टको ५ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार